पोर्क रिब्स बार्बिक्यु

सामग्री : बंगुरको मासुसहितको करङ आधा किलो, बार्बिक्यु सस १

सय ग्राम, दही अलिकति, अदुवा र लसुनको लेदो ५० ग्राम, कागती

२ वटा, मरीचको धूलो १० ग्राम, नुन स्वादअनुसार,

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि

- बंगुरको मासुसहितको करङलाई नुन पानीमा उसिन्ने र आधा पाकेपछि त्यसलाई ठिक्कको टुक्रा बनाएर अदुवा र लसुनको लेदो, थोरै नुन, मरीचको धूलो तथा कागतीको रसमा मोल्ने ।

- त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने ।

- मोलिसकेपछि हावा नछिर्ने गरी प्लास्टिकको झोलामा बाँधेर २४ घण्टासम्म पि|mजमा राख्ने ।

- तन्दुर, कोइला बाल्ने चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

- अघिल्लो दिन मोलेर फ्रिजमा राखिएको मासुलाई बार्बिक्यु गर्नुभन्दा दुई घण्टा अगाडि नै झिकेर सामान्य तापक्रममा ल्याउने ।

- त्यसपछि एक-एक गरी झिरमा उन्ने र २० मिनेटदेखि आधा घण्टासम्म राम्रोसँग पोल्ने ।

- पाकेपछि सलाद तथा चटनीसँग खाने ।